सप्तकोशी सिमेन्टको उत्पादक कम्पनी सप्तकोशी सिमेन्ट लिमिटेडले प्राथमिक सेयर निष्कासन (आइपिओ) गर्ने तयारी गरेको छ । यसका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।
कम्पनीले १०० (एक सय) दरका जारी पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो । यस सम्बन्धमा १० मंसिर ०८२ मा काठमाडौं त्रिपुरेश्वरस्थित सप्तकोशी सिमेन्ट लिमिटेडको कार्यालयमा दुवै पक्षबिच औपचारिक सम्झौता भएको छ । सम्झौतापत्रमा सप्तकोशी सिमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष मोना जालान तथा सिद्धार्थ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्दीप कार्कीले हस्ताक्षर गरेका छन् ।
सप्तकोशी सिमेन्ट लिमिटेडको दैनिक उत्पादन क्षमता ६ सय टन रहेको छ । कम्पनीले नेपाल गुणस्तरको निर्धारित मापदण्डअनुसार पिपिसी तथा ४३ र ५३ ग्रेडको ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।