रुखबाट लडेर ताप्लेजुङमा एकजनाको मृत्यु

मंगलबार, ९ मंसिर, २०८२
डिजिटल संस्करण

फक्ताङलुङ गाउँपालिका– ३, लिंखिममा एकजनाको रुखबाट लडेर मृत्यु भएकाे छ । मृत्यु हुनेमा लिंखिमका बलबहादुर तवेबुङ (लिम्बू) रहेका छन् । 

तवेबुङ माझकटेरीमा घाँस काट्न गएको वेला लडेर ज्यान गएको सिवा माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष एवं स्थानीवासी मछिन्द्र तवेबुङले जानकारी दिए ।

उनी काभ्राको रुखबाट झरेको अवस्थामा फेला परेको स्थानीयले बताएका छन् । एक्लै बस्दै आएका उनी घरमा नदेखेपछि छरछिमेकले खोजी गर्दा मृत अवस्थामा फेला परेका हुन् । घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । 
 

सुझावित समाचार