नेपाल प्रहरीमा एआइजीमा बढुवा र तीन डिआइजीको सरुवा

सोमबार, ९ मंसिर, २०८२
डिजिटल संस्करण

गृह मन्त्रालयले नेपाल प्रहरीका तीन डिआइजीको सरुवा गरेको छ। सरुवामा डिआइजी बिनोद घिमिरेलाई कोशी प्रदेश प्रहरी कार्यालयका सरुवा गरिएको छ। उनी प्रशासन विभाग मातहत थिए। 

कोशी प्रदेशमा कार्यरत डिआइजी ईश्वर कार्की एआइजीमा बढुवा भएपछि रिक्त पदमा घिमिरेलाई पठाइएको हो। त्यस्तै, दिलिपसिंह देउजालाई प्रदेश समन्वय विभाग र दिपक बस्नेतलाई महिला तथा बालबालिका सेवा निर्देशनालयमा सरुवा गरिएको छ। 

सोमबारको मन्त्रिपरिषद्को बैठकले ईश्वर कार्कीको एआइजीमा बढुवा गरेको हो। 

सुझावित समाचार