नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी चुनावमा वर्तमान सभापतिको हस्ताक्षरमा नभई नयाँ सभापतिकै हस्ताक्षरमा निर्वाचन आयोगमा जाने स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा सोमबार थापाले लेखेका छन्, ‘अब विधानबमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ ।’
‘अब विधानबमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ । त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ । नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ । नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ,’ थापाले लेखेका छन् ।
टिकट वितरणकै लागि आफूहरूले निर्वाचनअगाडि महाधिवेशन भनेको थापाले उल्लेख गरेका छन् ।
‘यही कारण हो हामीले निर्वाचनअगाडि नै महाधिवेशन भनेको । अब विशेष महाधिवेशनको विकल्प छैन । कुरा स्पष्ट छ, अलमलमा नपरौँ,’ थापाले लेखेका छन् ।