प्रधानमन्त्री कार्कीले बोलाइन् मन्त्रिपरिषद् बैठक

सोमबार, ८ मंसिर, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् बैठक बोलाएकी छिन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बैठक बस्न लागेको बालुवाटार स्रोतले जनाएको छ।

मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हद पूरा गरेर मंगलबार रातिबाट अनिवार्य अवकाशमा जाने भएकाले आजको मन्त्रिपरिषद् बैठकले नयाँ मुख्यसचिव नियुक्ति गर्ने सम्भावना रहेको स्रोतको भनाइ छ। अर्याल ०८१ साल भदौ १३ गते मुख्यसचिवमा नियुक्त भएका थिए।

सुझावित समाचार