३९.९२ अंकले बढ्यो सेयर बजार

आइतबार, ८ मंसिर, २०८२
डिजिटल संस्करण

साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ३९.९२ अंक बढेको छ ।

सो वृद्धिसँगै नेप्से २६०० अंकमा पुगेको छ । कारोबार सुरु भएपछि नै उकालो लागेको नेप्से दिनभर हरियो रह्यो । कुल २३७ कम्पनीको मूल्य बढ्दा १८ को घट्यो भने २ को स्थिर रह्यो ।

कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन बिहीबार चार अर्ब ६८ करोडको कारोबार भएकोमा आज ६ अर्ब २८ करोडको भयो । लगानी र जीवन बिमा समूह दुई प्रतिशतभन्दा धेरै बढेको छ ।

सुझावित समाचार