नेपाल लाइफ इन्स्योरेन्सको थप दुई उपशाखा सञ्चालन

शनिबार, ६ मंसिर, २०८२
डिजिटल संस्करण

नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना पोखरा र तनहुँमा नयाँ दुई उपशाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले पोखरा महानगरपालिका–१७ स्थित बिरौटा र तनहुँ जिल्लाको दुलेगौडा बजारमा एक एक गरी थप दुई उपशाखा संचालनमा ल्याएको छ । 

सञ्चालनमा आएको बिरौटा उपशाखाको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओे) प्रविणरमण पराजुली र नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख शम्भुप्रसाद मिश्रले संयुक्त रुपमा उद्घाटन गरेका थिए । यसैगरी दुलेगौडा उपशाखाको कम्पनीका सिइओे पराजुलीले उद्घाटन गरेका थिए । 

सेवा विस्तार गर्ने उदेश्यसहित सँगै ग्रासरुटमा कम्पनीलाई विस्तार गर्ने नीतिअनुरुप उपशाखा थप गरिएको सिईओ पराजुलीले बताए । गण्डकी प्रदेशमा कम्पनीको उपस्थिति हाल के कस्तो छ, हाल भै रहेको बजार भन्दा नयाँ बजारको खोजी गरि कम्पनीको हिस्सा बढाउन मातहतका कर्मचारी एवं प्रतिनिधिलाई उनले आग्रह गरेका थिए ।

प्राधिकरणका गण्डकी प्रमुख मिश्रले बीमितलाई सहज एवं झझटरहित सेवा सुविधा दिन आग्रह गरे । प्राधिकरणमा बिमा अभिकर्ताको कार्यशैली र विषयलाई लिएर प्रश्न उठेकाले अभिकर्ता छनोट गर्दा ध्यान दिन आग्रह सगै कम्पनीलाई सुझाव दिएका थिए ।  

नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाईटी (निप्स) गण्डकी च्याप्टरका अध्यक्ष बद्री पौडेलले बिक्रीपछिको सेवालाई ध्यान दिन सक्नुपर्नेमा जोड दिए । 

कम्पनीका गण्डकी प्रमुख शहदेव अधिकारीले उपशाखा थपसँगै कम्पनीको बजार क्षेत्र समेत बिस्तार भएकाले अब थप नागरिकलाई बिमामा जोड्न सकिने बताए । उनले आवश्यकतासँगै बजारको सम्भावनालाई अध्ययन गरेर उपशाखा सञ्चालनमा ल्याइएको बताए । 
 

सुझावित समाचार