समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल

शुक्रबार, ५ मंसिर, २०८२
डिजिटल संस्करण

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशको समग्र विकासका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरिहार्य रहेको बताएका छन् ।

काठमाडौँमा आज आयोजित ‘एआई फर इन्क्लुसिभ ग्रोथ : बिल्डिङ नेपाल एआई रेडी फ्युचर’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले एआईको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पारेका छन्। सञ्चारमन्त्री खरेलले व्यापक डिजिटल साक्षरतामार्फत डिजिटल विभाजनलाई कम गर्न एआईबाट अधिकतम लाभ लिन सक्नुपर्नेमा जोड दिए ।

मन्त्री खरेलले सरकारले ‘एआई नीति २०८२’ को निर्देशनअनुसार राष्ट्रिय एआई काउन्सिल र राष्ट्रिय एआई सेन्टर स्थापना गरिसकेको जानकारी दिए । उनले एआईको प्रयोग सबैका लागि समावेशी, नैतिक, सुरक्षित र लाभदायक हुनुपर्छ भन्ने सरकारको स्पष्ट दृष्टिकोण रहेको बताए ।

‘हाम्रो देशको एआईसम्बन्धी दृष्टि स्पष्ट र सिद्धान्तमा आधारित छ,’ सञ्चारमन्त्री खरेलले भने, ‘हामी एआई प्रविधिको प्रयोगलाई समावेशी, नैतिक, सुरक्षित र सबैका लागि फाइदाजनक बनाउने लक्ष्यमा प्रतिबद्ध छौँ ।’

सुझावित समाचार