विस्तृत शान्ति सम्झौता भएको १९ वर्ष बितिसक्दा पनि न्याय नपाएको भन्दै द्वन्द्वपीडित धर्नामा

शुक्रबार, ६ मंसिर, २०८२
डिजिटल संस्करण

विस्तृत शान्ति सम्झौता भएको १९ वर्ष बितिसक्दा पनि न्याय नपाएको गुनासो गर्दै  द्वन्द्वपीडित धर्नामा बसेका छन् । उनीहरूले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पीडितमैत्री नभएको आरोप लगाएका छन् । उनीहरूले दुवै आयोगका पदाधिकारीको राजीनामा पनि माग गरेका छन् ।

पीडित राम भण्डारीले आयोगप्रति आफूहरूको विश्वास नभएको उल्लेख गर्दै दुवै आयोगका पदाधिकारीको राजीनामा माग गरे । आयोगमा वास्तविक पीडितको प्रतिनिधित्व हुने गरी आयोग पुनर्गठन गर्नुपर्ने उनको माग छ ।   

सुझावित समाचार