ज्योति विकास बैंकले हवाई टिकट खरिद गर्दा आकर्षक क्यासब्याक पाइने योजना ल्याएको छ । बैंकका ग्राहकले मोबाइल बैंकिङ एप ‘ज्योति स्मार्ट’मार्फत हवाई टिकट खरिद गर्दा पाँच सय रुपैयाँसम्म क्यासब्याक प्राप्त हुने बैंकले जनाएको छ । ग्राहकले जुनसुकै घरेलु एयरलाइन्सको हवाई टिकट खरिद गर्दा उक्त क्यासब्याक प्राप्त हुने बताइएको छ ।
यसका लागि ज्योति स्मार्ट एपबाट हवाई टिकट खरिद गर्दा अफर बक्समा फ्लाई)–५०० प्रोमो कोड प्रयोग गर्नुपर्नेछ । पहिलो तीन सयजना मात्र यो अफरबाट लाभान्वित हुनेछन् । सीमित अवधिका लागि लागू हुने यो अभियान बुधबारदेखि सुरु भइसकेको छ ।