चितवनविरुद्ध लुम्बिनी ६ विकेटले विजयी

बिहिबार, ५ मंसिर, २०८२
डिजिटल संस्करण
चितवनविरुद्ध लुम्बिनी ६ विकेटले विजयी

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगअन्तर्गत बिहीबारको खेलमा लुम्बिनी लायन्स ६ विकेटले विजयी भएको छ।

चितवन राइनोजले दिएकाे १४३ रनको लक्ष्य लुम्बिनीले मात्र चार विकेटको क्षतिमा पूरा गर्यो। लुम्बिनीले १८.३ ओभरमा १४६ रन जोड्यो।

लुम्बिनीको जितमा गुल्बदिन नैबले उत्कृष्ट प्रदर्शन गरे। नैबले २४ बलमा तीन छक्का र तीन चौकाको मद्दतमा अविजित ४४ रन बनाए। कप्तान रोहित पौडेल ३९, सन्दीप जोरा २८, डार्सी सर्ट ११, दिलिप नाथ १० र जेजे स्मिथले नटआउट चार रन बनाए।

चितवनका रिजन ढकालले दुई तथा सोहिल तनवीरले एक विकेट लिए।

त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४२ रनको योगफल बनाएको थियो। 

चितवनका रवि बोपराले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक बनाएका थिए। उनले सर्वाधिक ६६ रन जोड्दा कुशल मल्ल २१, शैफ जैब १५, देव खनाल १४ र दीपक बोहरा १० रन बनाएर आउट भए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

लुम्बिनीका रुबेन ट्रम्पलमेनले तीन विकेट लिँदा अभिशेष गौतम र गुल्बदिन नैबले समान दुई विकेट हात पारेका थिए।

सुझावित समाचार