दोस्रो संस्करणको नेपाल प्रिमियर लिगअन्तर्गत बिहीबार जारी खेलमा चितवन राइनोजले लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४२ रनको योगफल बनाएको हो।
कमजोर सुरुवात गरेको चितवनका लागि रवि बोपराले उत्कृष्ट प्रदर्शन गरे। उनले सर्वाधिक ६६ रन जोड्दा कुशल मल्ल २१, शैफ जैब १५, देव खनाल १४ र दीपक बोहरा १० रन बनाएर आउट भए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
लुम्बिनीका रुबेन ट्रम्पलमेनले तीन विकेट लिँदा अभिशेष गौतम र गुल्बदिन नैबले समान दुई विकेट हात पारे।