महिला चेम्बरद्वारा नवप्रवर्तनलाई स्टार्टअप कर्जा अभिमुखीकरण

बिहिबार, ५ मंसिर, २०८२
डिजिटल संस्करण

नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको महिला चेम्बरले स्टार्टअप उद्यमशीलता अभिमुखीकरण कार्यक्रम गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसँगको सहकार्यमा महिला चेम्बरले कार्यक्रम गरेको हो । स्टार्टअफ उद्यमशीलता कार्यक्रमबाट एक सयभन्दा बढी नवप्रवर्तनहरू लाभान्वित भएको चेम्बरले जनाएको छ । सरकारले सुरु गरेको स्टार्टअप कर्जा लिन चाहनेका लागि कर्जा प्रक्रिया, उद्योगको प्रकृतिलगायतका विषयमा नवप्रवर्तनलाई अभिमुखीकरण दिइएको थियो । 

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आह्वान गरेको स्टार्टअप कर्जाको प्रस्तावका लागि मंसिर ९ गतेसम्मको समय तोकिएको छ । चेम्बर भवनमा आयोजित कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुुप्ताले स्टार्टअप कर्जा प्रस्ताव, कर्जा पाउने प्रक्रिया, कर्जा उपलब्ध गराइने क्षेत्रलगायतका विषयमा जानकारी दिएका थिए । कार्यक्रमलाई सम्वोधन गर्दै चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले स्टार्टअप कर्जालाई सातै प्रदेशमा विस्तार गरेर उद्यमशीलताको विकास गर्नुपर्नेमा जोड दिए । 

स्टार्टअप कर्जा लिएर उद्यमशीलता गरेका नवप्रवर्तनका सफल कथालाई बाहिर ल्याउनुुपर्ने तथा उनीहरूको उत्पादन र बजारीकरणका लागि सहयोग हुनुुपर्ने बताउँदै अध्यक्ष अग्रवालले स्टार्टअप कर्जासम्बन्धी थप अध्ययन अनुुसन्धानमा चेम्बरले सहयोग गर्ने उल्लेख गरे । महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले स्टार्टअप कर्जाको सदुुपयोग गरी उद्यमशीलता विकास गर्नुुपर्नेमा जोड दिइन् । 

सुझावित समाचार