मुक्तिनाथ विकास बैंक लिमिटेडले नेपाल प्रहरी वृत्त महराजगन्जलाई दुई थान मोटरसाइकल हस्तान्तरण गरेको छ।
एक कार्यक्रमबिच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समीरशेखर बज्राचार्यले प्रहरी वृत्तका कार्यालय प्रमुख निरन्जन थापालाई मोटरसाइकल हस्तान्तरण गरेका हुन्।
यो सहयोगले नेपाल प्रहरीमार्फत समाजमा शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन, संवेदनशील स्थानहरूको निगरानी गरी समयमै सूचना संकलन गर्न र सुशासन कायम राख्ने कार्यमा विशेष योगदान पुराउने अपेक्षा लिएको बैंकले जनाएको छ।
सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै अग्रपंक्तिमा रहेर नागरिक सुरक्षामा खटिने नेपाल प्रहरीलाई गरेको सहयोगबाट कार्यसम्पादनलाई सहज बनाउने बैंकको विश्वास छ।