उदयपुरमा उदयपुरमा ट्याक्टर दुर्घटना परी एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार कटारी नगरपालिका– ५, खाँडीखोपस्थितमा ट्याक्टर दुर्घटनामा परी मृत्यु भएको छ ।
दोङले हिजो सोमबार साँझ खेत ट्याक्टरमा जोत्ने मेसिन जडान गरी एक ठाउँमा खेत जोती अर्को ठाउँमा जोत्न लैजाने क्रममा ट्याक्टर अचानक पल्टन गई सोही ट्याक्टरले किची ट्याक्टरचालकको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्याक्टरचालक कटारी नपा वडा नं. ५ सिसाघारी सानोअड्डा बस्ने वर्ष ४४ का भक्तबहादुर जोशी रहेका छन् । उक्त घटनास्थलमा प्रहरी टोलीले अनुसन्धान जारी राखेको छ ।