एनआइसी एसिया बैंक र क्राउन इम्पेरियलबिच सहकार्य

सोमबार, १ मंसिर, २०८२
डिजिटल संस्करण

 एनआइसी एसिया बैंकका ग्राहकले होटेल क्राउन इम्पेरियलमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । यसका लागि बैंक र रविभवन काठमाडौंमा रहेको उक्त होटेलबिच छुट सम्झौतासमेत भइसकेको छ । 

सम्झौतापछि यस बैंकका ग्राहकले इम्पेरियल क्राउनमा उपलब्ध विभिन्न सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउन सक्नेछन् । छुट भने आवास, खाना, पेयपदार्थ र स्पालगायतका सेवामा पाइने बताइएको छ ।

उक्त सुविधा उपयोग गर्न ग्राहकले यस बैंकको डेबिट, क्रेडिट, प्रिपेड कार्ड वा मोबाइल बैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ । यस सहकार्यले ग्राहकलाई छुट सुविधा उपलब्ध पनि हुने र डिजिटल भुक्तानीमार्फत  नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

सुझावित समाचार