नेप्से सामान्य अंकले घट्यो

आइतबार, १ मंसिर, २०८२
डिजिटल संस्करण

आइतबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ। नेप्से ५.१५ अंक (०.२० प्रतिशत)ले घटेर दुई हजार ५४०.५७ विन्दुमा कायम भएको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३२ प्रतिशतले घटेको छ।

३३५ कम्पनीका ७९ लाख ५७ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा तीन अर्ब ८९ करोड ३९ लाख ७५ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। यसअघिको कारोबार दिनमा तीन अर्ब ४३ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।

नेप्सेका १३ समूहमध्ये होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य समूहको सूचक एक प्रतिशतभन्दा कमले वृद्धि हुँदा बाँकी समूह एक प्रतिशतभन्दा थाेरैले घटेका छन्।

आज सर्वाधिक कमाउनेमा सागर डिस्टिलरी, बुंगल हाइड्रो र बन्दीपुर केबलकारका लगानीकर्ता छन्। यी कम्पनी करिब १० प्रतिशतले बढ्दा भूगोल इनर्जीमा नकारात्मक सर्किट लागेको छ। रुरु जलविद्युत् र दरमखोला हाइड्रो क्रमशः नौ र ६ प्रतिशतभन्दा धेरैले ओरालो लागेका छन्।

सुझावित समाचार