जसपा नेपालले पदाधिकारी तथा कार्यकारिणी समिति सदस्य थप गर्ने

शनिबार, ३० कार्तिक, २०८२
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा) नेपालले पदाधिकारी तथा केन्द्रीय कार्यकारिणी समिति सदस्य थप गर्ने भएको छ। पार्टीको केन्द्रीय समितिको बैठकले एक उपाध्यक्ष, एक महासचिव र सात कार्यकारिणी सदस्य थप्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्।

सात कार्यकारिणी सदस्यहरुको पदपूर्ति गर्दा मधेशी दलित १, महिला २, मुस्लिम १ र खुला ३ रहने छन् । आगामी केन्द्रीय समितिको बैठकबाट निर्वाचनद्वारा उपरोक्त पदहरुको पदपूति गरिने बस्नेतले बताए ।

पदाधिकारी तथा सदस्य थप गरेसँगै जसपा नेपालको पदाधिकारी २१ सदस्यीय र केन्द्रीय कार्यकारिणी समिति ४१ सदस्यीय हुनेछ। जसपा नेपालले केन्द्रीय समितिमा पाँच सदस्य थप गरेको छ।

सुझावित समाचार