सुनचाँदीको मूल्य घट्यो

शुक्रबार, २९ कार्तिक, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले घटेर दुई लाख ४९ हजार सात सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार सुन तोलामा दुई लाख ५० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ६० रुपैयाँले घटेर तीन हजार २८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला तीन हजार ३४५ रुपैयाँमा खरिद–बिक्री भएको थियो । 

सुझावित समाचार