नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कार्यालय सहयोगीदेखि वरिष्ठ सइसम्मलाई सहुलियत कर्जाको सुविधा बढाउने निर्णय गरेका छन्।
बिहीबार प्रहरी प्रधान कार्यालयमा पदभार ग्रहणपछि नीति समन्वय समितिको बैठक राखेर उनले कल्याण कोषबाट दुई लाख रुपैयाँसम्म आकस्मिक कर्जा दिने निर्णय गरेका हुन्।
पाँच प्रतिशत ब्याजदरमा तल्लो तहका प्रहरी कर्मचारीले यस्तो कर्जा पाउने भएका छन्।

आकस्मिक अवस्थाका लागि आकस्मिक सहुलियत अल्पकालिजन कर्जा दिने निर्णय भएको प्रहरी प्रवक्ता डिआइजी अबि नारायण काफ्लेले बताए। यसका लागि चालू आर्थिक वर्षमा अधिकतमक १० करोड रुपैयाँ छुट्याउन लागिएको छ। शिक्षा, स्वास्थ्य तथा घरायसी समस्यामा प्रहरी कर्मचारीलाई कार्यविधि बनाएर यस्तो कर्जा दिन लागिएको हो।