नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नियुक्ति लिएको आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर

बुधबार, २७ कार्तिक, २०८२
डिजिटल संस्करण

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी शिक्षकको नियुक्ति लिएर लाभ लिएको आरोपमा एक शिक्षकविरुद्ध मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी लाभ लिएको आरोपमा झापाको श्री दीपिनी आधारभूत विद्यालयमा कार्यरत शिक्षक देवी निरौलाविरुद्ध  विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । 

निरौलाले भारतबाट फर्जी शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सोही विद्यालयमा प्राथमिक तहमा अध्यापन गराउँदै आएका थिए ।

सुझावित समाचार