कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’ दर्ताका लागि आयोगमा

मंगलबार, २६ कार्तिक, २०८२
डिजिटल संस्करण
कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’ दर्ताका लागि आयोगमा

तस्बिर : संजित परियार/नयाँ पत्रिका

ऊर्जामन्त्री कुलमान घिसिङको पहलमा गठन भएको उज्यालो नेपाल पार्टी दर्ताका लागि निर्वाचन आयोग पुगेको छ।

पार्टीका पदाधिकारीले मंगलबार आयोगको राजनीतिक दल व्यवस्थापन महाशाखामा निवेदन दिएका हुन्। पार्टीको चुनाव चिह्न बलेको चिम राखिएको छ। 

पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायको नेतृत्वमा गठन गरिएको पार्टीमा ५१ सदस्यीय केन्द्रीय समिति बनाइएको छ। दल दर्ताको निवेदन दिन डा. राजु थापा, श्रीराम गुरुङ, इन्जिनियर डा. शंकर ढकाल आयोग पुगेका थिए।

सुझावित समाचार