ललितपुर महानगरद्वारा आपतकालीन सूचना प्रवाहका लागि प्रविधि जडान

मंगलबार, २६ कार्तिक, २०८२
डिजिटल संस्करण

ललितपुर महानगरपालिकाले आपतकालीन सूचना  प्रवाहका लागि प्रविधि जडान गरेको छ । पाटन दरबार क्षेत्रमा जडान गरिएको सूचना केन्द्रको उद्घाटन महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले गरे ।

मंगलबारदेखि सुरु भएको उक्त आपतकालीन सूचना प्रविधिको डेमोसहित उद्घाटन गरिएको हो । पाटन क्षेत्रमा आगलागी वा कुनै आपतकालीन घटना भएमा केन्द्रको बटन थिचेर अलर्ट गर्न सकिनेछ ।

उक्त बटन सिस्टम ललितपुर महानगरको नगर प्रहरीको कार्यालयमा जोडिएको छ । बटन थिच्नेबित्तिकै नगर प्रहरीको टोली पुग्नेछ ।

सुझावित समाचार