अपि पावरले आफ्नै कर्पोरेट कार्यालय निर्माण गर्ने

मंगलबार, २६ कार्तिक, २०८२
डिजिटल संस्करण

अपि पावर कम्पनी लिमिटेडले आफ्नै लगानीमा कर्पोरेट कार्यालय निर्माण गर्ने भएको छ । कम्पनीको २१औँ वार्षिक साधारणसभाको निर्णयअनुसार नयाँ बानेश्वरमा २० आना जग्गा खरिद गरी भवन निर्माण गर्न लागेको जनाएको छ ।

अपि टावर नामकरण गरी कम्पनीले आफ्नै लगानीमा बनाउन लागेको भवनको गत शुक्रबार कम्पनीकी अध्यक्ष सिर्जना खड्काले शिलान्यास गरेकी हुन् । भवन निर्माणकार्य दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको बताइएको छ । 

भवनमा अपि पावर कम्पनी तथा यसका सहायक कम्पनी रहनेछन् । ‘यो भवन अपि पावर कम्पनी र यसका सहायक कम्पनीहरूका सेयरधनीको साझा सम्पत्ति हो । भविष्यमा यस्ता लगानीले सेयरधनीको कम्पनीमाथिको विश्वास अझै बलियो हुनेमा दुईमत छैन,’ कम्पनीका कार्यकारी सञ्चालक सञ्जीव न्यौपानेले भने । 

सुझावित समाचार