नेसनल लाइफ इन्स्योरेन्सले गर्‍यो चेयरपर्सन क्लब कार्यक्रम

मंगलबार, २६ कार्तिक, २०८२
डिजिटल संस्करण

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताका लागि ‘चेयरपर्सन क्लब, तालिम तथा सम्मान कार्यक्रम’ सम्पन्न गरेको छ । कम्पनीले इलाइट लिडर्स कन्क्लेभ नारासहित उक्त कार्यक्रम गरेको जनाएको छ । गत आवमा तोकिएको लक्ष्य पूरा गर्न सफल पाँच सय २६ जना अभिकर्तालाई चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान एवं प्रशिक्षण प्रदान गर्न कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

कार्यक्रममा उपस्थित अभिकर्तालाई पूर्वबैंकर अनिलकेशरी शाहले प्रशिक्षण प्रदान गरेका थिए । त्यस्तै, नेपाल बिमा प्राधिकरणका उपनिर्देशक पदमप्रसाद सोडारीले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीबारे प्रशिक्षण प्रदान गरेका थिए ।

कम्पनीअध्यक्ष श्रीमती प्रेमा राज्यलक्ष्मी सिंहले तोकिएको लक्ष्य पूरा गर्ने सबैलाई बधाई दिइन् । त्यस्तै, प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले अभिकर्ता सञ्जाललाई अझ व्यावसायिक बनाउन यथाशक्य थप लगानी गर्दै जाने योजनाअनुरूप अभिकर्तालाई थप व्यावसायिक बनाउन कम्पनी प्रयत्नशील रहेको बताए । 

सुझावित समाचार