नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राकुमारी झाँक्री, किसान श्रेष्ठलगायतका नेताहरू आफ्नै अनुभवले पार्टीमै फर्किएका बताएका छन्।
पार्टीको ‘घर फर्क राष्ट्रिय अभियान घोषणा सभा’लाई सम्बोधन गर्दै ओलीले भने, ‘आह्वान त गर्यौँ हामीले। तर जोड गरेर आउ न आउ भनेर, फकाइ फुल्याइ गरेर, हाम्रो आग्रहले होइन, उहाँहरूको अनुभवले घर फर्कनु भएको हो।’
नेताहरुलाई कुनै पदको लोभ नदिइको उल्लेख गर्दै ओलीले भने, ‘केही नदिए हुन्छ, कुर्सी नदिए चकटीमा बसौँला, चकटी नभए भुइँमा बसौँला। गन्तव्य हेरेर त्यसका लागि आएका छौँ भनेर उहाँहरु आउनु भएको हो।’