दाङमा अवैद्य उत्खनन गर्ने पाँचवटा ट्याक्टर प्रहरीको नियन्त्रणमा

सोमबार, २४ कार्तिक, २०८२
डिजिटल संस्करण

दाङमा अबैद्य उत्खनन् गर्ने पाँच वटा ट्याक्टरलाई नियन्त्रणमा लिईएको छ । बबई गाउँपालिकाबाट ३ वटा र गढवा गाउँपालिकाबाट दुई वटा ट्याक्टर नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए ।

उनका अनुसार बबई गाउँपालिका वडा नं. ७ ओदाले स्थित अबैध रुपमा ढुङ्गा र वालुबा उत्खनन् भईरहेका अबस्थामा रा १ त २५५९  र लु २ त ९५७२ एवं बबई ७ बेलासपुरमा उत्खनन् गरिरहेको रा १ त ४८४०  नम्बरको ट्याक्टर लाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

उक्त ट्याक्टरलाई दश हजारका दरले जरिवाना गरेर सम्बन्धित ब्यक्तीलाई जिम्मा लगाईएको थियो । सोमबार उनीहरुलाई नियन्त्रणमा लिईएको थियो ।

यस्तै गढवा गाउँपालिका वडा नं. ४ पर्सिया स्थित राप्ति खोलाबाट रा १ त ३२०१  र रा १ त २७९७  नम्बरको ट्याक्टरहरुलाई  पनि आईतबार नियन्त्रणमा लिएर कारवाही गरिएको छ । प्रति ट्याक्टर ३० हजार दरका जरिवाना गरिएको हो । 

सुझावित समाचार