कोशी प्रदेश खेलकुद विकास बोर्ड र मोरङ समितिको विवाद समाप्त

शनिबार, २२ कार्तिक, २०८२
डिजिटल संस्करण

उच्च अदालत विराटनगरले  कोशी प्रदेश खेलकुद विकास बोर्ड र जिल्ला खेलकुद विकास समितिको विवादमा भएको अन्तरिम आदेशलाई निरन्तरता नदिने फैसला गरेको छ।  मोरङ समितिमा पदाधिकारी नियुक्ति विवादमा परेको रिटमा यसअघि उच्च अदालत विराटनगरले कोशी खेलकुद विकास बोर्डको पक्षमा अन्तरिक आदेश गरेपनि शुक्रबार अन्तरिम आदेशलाई उल्टाउँदै निरन्तरता नदिने निर्णय गरेको हो । 

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराई र न्यायाधीश विष्णुप्रसाद अर्यालको संयुक्त इजलासले शुक्रबार  यसअघि भएको अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेपछि अब मोरङ खेलकुद विकास समिति र कोशी प्रदेश खेलकुद बोर्ड विच पदाधिकारी नियुक्त्ति विवाद पनि समाप्त भएको छ। अब नियुक्त्त भएका  मोरङका अध्यक्ष इन्द्रकुमार योन्जन तामाङ मोरङ खेलकुद  विकास समितिको अध्यक्ष कायम भएका छन । 

योञ्जन २३ चैत २०८० मा  मा कोशी प्रदेश बोर्डका अध्यक्ष मुख्यमन्त्री राजेन्द्र राईले नियुक्त्त गरेका एकिकृत समाजबादीका सर्मथक  हंसराज वाग्लेको कार्यकालमा   मोरङ खेलकुद विकास समितिको अध्यक्ष नियुक्त्त भएका थिए। तर वाग्लेलाई बर्खास्त गरेर मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नियुक्त्त गरेका एमालेका कोशी प्रदेश खेलकुद विकास बोर्डका सदसय सचिव एमाले खेलकुद महासंघका अध्यक्षसमेत रहेका  पर्शुराम बस्नेतले योन्जनलाई बर्खास्त गरेर उनकै पार्टी एमालेका सुरज श्रेष्ठलाई तात्कालिन मोरङ समितिको अध्यक्ष नियुक्त्त गरेका थिए। यसैले तत्काल जर्बदस्ती बर्खास्त गरिएको भन्दै योन्जन अदालत पुगेका थिए। 

तत्काल पनि अदालतले योन्जनलाई नै मोरङ अध्यक्ष कायम गरिदिएको थियो। तर उच्च अदालत विराटनगरले २ असार  २०८२ मा योन्जनलाई नै   पुनर्बहाली गर्न आदेश दिएको थियो। पुनर्बहाली भएर काम गरिरहेकै अवस्थामा बस्नेतको कार्यकाल सकिएको भोलिपल्टै बोर्डका कार्यालय प्रमुख कालिदास भट्टराईले २६ असोज  २०८२ मा फेरि  प्रदेशका १४ वटै जिल्ला समितिलाई पत्र पठाएर बोर्डको  ३ कार्तिक २०७८ निर्णयलाई आधार मान्दै जिल्ला अध्यक्ष तथा उपाध्यक्षहरूको पदावधी यही ३ कात्तिक समाप्त हुने १४ वटै जिल्लाका खेलकुद समितिलाई परिपत्र गरेर जानकारी गराएका थिए।

यसैले फेरि आफनो चारवर्षे कार्यकाल बाँकी छँदै बोर्डका कार्यालय प्रमुखले निलम्बन गरेको भन्दै  योन्जनले अदालतमा न्यायका लागि  १३ कात्तिक २०८२ मा उच्च अदालत विराटनगरमा रिट दर्ता गराएका थिए । उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै १४ कात्तिकमा न्यायाधीश गणेश ठाकुरको एकल इजलासले २६ असोजमा कोशी प्रदेश खेलकुद बोर्डले प्रदेशका  १४ ओटै जिल्ला खेलकुद विकास समितिहरुलाई जारी गरेको पत्र तत्काल कार्यान्व्यन नगर्न अन्तरिक आदेश गर्दै दुबै पक्षलाई छलफलमा बोलाएको थियो । तर, २१ कात्तिकमा भएको छलफलको सुनवाईमा उच्चले अन्तरिम आदेश निर्णय बमोजिम नभएको भन्दै  निवेदकको हकमा आकर्षित नहुने फैसला गरेको हो। 

शुक्रबार भएको बहसमा निवेदक तामाङका तर्फबाट विद्वान् अधिवक्ता प्रेमकुमार घिमिरे तथा विपक्षी बोर्डको तर्फबाट मुख्य न्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता पदमप्रसाद वस्ती, सहायक न्यायाधिवक्ता सन्दिप टेलर र अधिवक्ता अन्ताज हुसेनले बहस गरेका थिए । प्रदेश खेलकुद विकास बोर्डले राजनीतिक प्रतिशोधका आधारमा कहिले निलम्बन र कहिले विवादास्पद पत्र पठाएर विवाद खडा गरेको आरोप निवेदक पक्षले लगाउँदै आएको थियो। अदालतको आदेशपछि मोरङ खेलकुद समिति अध्यक्ष तामाङले अदालतबाट आफूलाई न्याय भएको बताए। 
 

सुझावित समाचार