हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिताअन्तर्गत आज नेपालले भारतलाई ९२ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा यो नेपालको पहिलो जित हो ।
जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभरमा अलआउट हुँदै ४५ रनमा समेटियो । उसका लागि भरत चिप्ली र प्रियांक पञ्चालले १२/१२ रन बनाए भने रोविन उथप्पाले पाँच तथा दिनेश कार्तिक र सहबाज नदिमले समान सात÷सात रन बनाए ।
नेपालका लागि रसिद खानले तीन विकेट लिए भने रुपेश सिंह र बसिर अहमदले समान दुई/दुई विकेट लिए । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित छओभरमा कुनै पनि विकेट नगुमाइ १३७ रन बनाएको थियो । नेपालका लागि रसिद खानले ५५ रनको योगदान दिए भने सन्दीप जोराले ४७ र लोकश बमले ३१ रन बनाए ।
यसअघि आजै भएको समूह चरणको खेलमा नेपाल दक्षिण अफ्रिकासँग चार विकेट र श्रीलङ्कासँग तीन विकेटले पराजित भएको थियो । साथै हिजो भएको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो ।
हङकङ सिक्सेस : नेपालले भारतलाई हरायो
रोमाञ्चक खेलमा विराटनगरलाई हराउँदै चितवन विजयी
३ हप्ता अघि
एनपिएलकाे तेस्रो संस्करणमा पुरस्कार राशि वृद्धि
४ हप्ता अघि
सुझावित समाचार
एनपिएलका स्टार रिजन ढकाललाई हेटौँडा उपमहानगरको एक लाख सम्मान
मकवानपुर । नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्दै मकवानपुरको नाम राष्ट्रियस्तरमा चिनाउन सफल क्रिकेट…
नेपालको सय एकदिवसीय खेल पूरा
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको सय एकदिवसीय खेलमा युएई ६ विकेटले पराजित
एनपिएलमा नचलेका घरेलु खेलाडी
तेस्रो सिजनको एनपिएलमा सहभागी सबै टोलीले नाम चलेका स्वदेशी खेलाडी भित्र्याए, केही खेलाडी चम्किए भने केहीले क्षमताअनुसार प्रदर्शन गर्न सकेनन्
झापा महिला गोल्डकप : आर्मीको जितमा चन्द्रा र हेमाको ह्याट्रिक
झापा/ चन्द्रा भण्डारी र हेमा चौधरीको ह्याट्रिकको सहयोगमा आइतबार त्रिभुवन आर्मी क्लबले भारतीय टोली गयेसपुर वुमन्स फुटबल एके…
एनपिएलमा चम्किएका रिजनलाई गृहजिल्ला मकवानपुरमा भव्य स्वागत
मकवानपुर/ नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका क्रिकेटर रिजन ढकाललाई गृहजिल्ला मकवानपुरमा…
भुर्तेल र लामिछाने चम्किएपछि युएईविरुद्ध नेपाल ६ विकेटले विजयी
काठमाडौं । कुशल भुर्तेल र कप्तान सन्दीप लामिछाने चम्किएपछि दोहामा जारी एसिया कप राइजिङ स्टार्समा नेपालले युएईविरुद्ध ६ विकेटको…