अफगानिस्तानविरुद्ध १७ रनले चुक्यो नेपाल

शनिबार, २२ कार्तिक, २०८२
डिजिटल संस्करण

हङकङमा शुक्रबारदेखि सुरु भएको हङकङ सिक्सेजअन्तर्गत समूह ‘ए’ नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ । पहिलो ब्याटिङ गरेको अफगानिस्तानले पाँच विकेट गुमाएर एक सय १२ रन बनाएको थियो ।

प्रत्युत्तरमा नेपालले पूरै ६ ओभरमा दुई विकेट गुमाएर ९५ रन बनाउँदा १७ रनले पराजित भयो । नेपालको ब्याटिङमा कप्तान सन्दीप जोराले १४ बलमा आठ छक्का र एक चौका प्रहार गरी सर्वाधिक ५४ रनको योगदान दिए ।

उनी खेलमा रिटायर्ड हट भए । यसअघि रासिदले अफगानिस्तानका चार विकेट लिँदा ह्याट्रिक गरेका थिए । नेपालले शनिबार दक्षिण अफ्रिकाविरुद्ध खेल्नेछ । दक्षिण अफ्रिकालाई हराउँदा नेपाल क्वार्टरफाइनलमा पुग्नेछ । 

See More On

सुझावित समाचार