जसपा नेपालको केन्द्रीय समिति बैठक जारी

बिहिबार, २१ कार्तिक, २०८२
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ। बिहीबारको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा बुधबार प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि नेताहरूले धारणा राख्ने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
 
अध्यक्ष यादवले नेपालको वर्तमान राजनीतिक परिस्थिति र जसपा नेपालको दृष्टिकोण एवं कार्यदिशा, पार्टीको संगठनात्मक कार्ययोजना, पार्टी एकता, मोर्चा र चुनावी तालमेललगायतका शीर्षकमा २२बुँदे प्रतिवेदन बैठकमा प्रस्तुत गरेका छन् ।
 
बैठकले अध्यक्षद्वारा प्रस्तुत संगठनात्मक प्रस्तावउपरसमेत निर्णय गर्ने बताइएको छ । 

सुझावित समाचार