आइसिसी विश्वकप क्रिकेट लिग २ मा अमेरिकाले सोमबार युएईमाथि दुई सय ४३ रनको विशाल अन्तरले जित हात पारेको छ । दुबईको डिआइसिएस मैदानमा पहिलो ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा तीन विकेट गुमाएर २ सय ९२ रन बनायो । प्रत्युत्तरमा युएई २२.१ ओभरमा ४९ रनमै समेटियो ।
एकदिवसीय विश्वकपमा युएईले जोडको यो योगफल १०औँ कम हो । अमेरिकाको जितमा रुसिलले पाँच तथा सौरभले तीन विकेट लिए । यसअघि अमेरिकाका लागि सैतेजा मुकामलले १३७ रन तथा मिलिन्द कुमारले १२३ रन बनाएका थिए । दुवैले चौथो विकेटका लागि दुई सय ६४ रनको कीर्तिमानी साझेदारी गरेका थिए ।