जेन–जी आन्दोलनमा मारिएका ४५ जनालाई सहिद घोषणा

२३ र २४ भदौको आन्दोलनमा ७६ जना मारिएका थिए, जेलबाट भाग्दा मारिएका र सनाखत नभएकाबाहेकलाई मात्र सहिद घोषणा

मंगलबार, १८ कार्तिक, २०८२
डिजिटल संस्करण
२३ भदौ : जेन–जी आन्दोलनका क्रममा संसद् भवन नयाँ बानेश्वरअगाडिको दृश्य

सुशासनको माग गर्दै भएको जेन–जी आन्दोलनमा मारिएका ४५ जनालाई सरकारले सहिद घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहिद घोषणाको निर्णय गरेको हो ।  

सहिद सूचीमा ४२ आन्दोलनकारी र तीन प्रहरी छन् । २३ र २४ भदौको आन्दोलनमा ७६ जनाको मृत्यु भएको थियो । जसमध्ये १० कैदीबन्दी हुन् ।  कतिपयको शव सनाखत हुन सकेको छैन । आन्दोलनमै ज्यान गुमाएकालाई मात्र सहिद घोषणा गरिएको गृह मन्त्रालयका एक अधिकारीले बताए । 

गृहका सहसचिव नेतृत्वको टोलीले ७६ मध्ये ४५ जनाको सूची तयार गरेको हो । बाँकीको विषयमा थप अध्ययन हुने सोमबारको मन्त्रिपरिषद् बैठकपछि सञ्चारमन्त्री जगदीश खरेलले बताए । 

See More On

सुझावित समाचार