भारतले जित्यो महिला विश्वकप क्रिकेटको उपाधि

सोमबार, १७ कार्तिक, २०८२
डिजिटल संस्करण

एकदिवसीय महिला क्रिकेट विश्वकपको उपाधि भारतले जितेको छ । दक्षिण अफ्रिकालाई ५२ रनले हराउँदै भारतले पहिलोपटक यो उपाधि जितेको हो। 

आइतबार मुम्बईमा भएको फाइनल खेलमा भारतले पहिले ब्याटिङ गरेर २९९ रनको लक्ष्य दिएको थियो। दक्षिण अफ्रिका २४६ रनमा अलआउट भएको हो। 

भारतीय महिला क्रिकेटको इतिहासकै यो महत्त्वपूर्ण सफलता मानिएको छ। सेमिफाइनलमा अहिलेसम्मै धेरै रन पछ्याउँदै अस्ट्रेलियालाई हराएर भारत फाइनलमा पुगेको थियो। 

सुझावित समाचार