नेप्सेसँगै कारोबार रकम पनि बढ्याे

वित्त र जीवन बिमामा सबैभन्दा धेरै वृद्धि

आइतबार, १६ कार्तिक, २०८२
डिजिटल संस्करण

आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से ३०.७५ अंक (१.१८ प्रतिशत)ले बढेर दुई हजार ६३१.१४ विन्दुमा पुगेको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९७ प्रतिशत बढेको छ।

आज ३१९ कम्पनीका दुई करोड ९७ लाख ३८ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा नौ अर्ब २० करोड ३१ लाख ४६ हजार रुपैयाँबराबरको कारोबार भएको छ। आज कारोबार रकममा पनि वृद्धि भएको हो। यसअघिको कारोबार दिनमा साढे पाँच अर्बको सेयर कारोबार भएको थियो।

नेप्सेका १३ समूहमध्ये व्यापार समूह १.१० प्रतिशतले गिरावट हुँदा बाँकी सबै समूहको सूचक उकालो लागेका छन्। वित्त र जीवन बिमा समूह क्रमशः पाँच र चार प्रतिशतभन्दा धेरैले बढेका बढ्दा होटेल तथा पर्यटन, जलविद्युत्, लघुवित्त, निजीर्वन बिमा र अन्य समूहमा एक प्रतिशतभन्दा धेरैको वृद्धि देखिएको छ।

बजार बढ्दा सामुदायिक लघुवित्त, गोर्खाज् फाइनान्स, पञ्चकन्यामाई, पिपल्स पावर र तेह्रथुम पावरमा सकारात्मक सर्किट लागेको छ। गुह्येश्वरी मचेन्ट बैंक र उन्नति सहकार्य लघुवित्त नौ प्रतिशतभन्दा धेरैले बढेका छन्। सर्वाधिक घटेको खानीखोला जलविद्युतका लगानीकर्ताले भने चार प्रतिशतभन्दा धेरै गुमाएका छन्।

सुझावित समाचार