जेन–जी आन्दोलनमा लुटिएको प्रहरीको पेस्तोल एक लाखमा खरिद–बिक्री, पाँचजना पक्राउ

शुक्रबार, १५ कार्तिक, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनमा प्रहरीको पेस्तोल लुट्ने र खरिद–बिक्री गर्ने पाँचजना पक्राउ परेका छन्। प्रहरी वृत्त स्वयम्भूले पेस्तोल लुट्ने दुईजना त्यसको खरिद–बिक्री गर्ने तीनजनालाई पक्राउ गरेको हो । 

आन्दोलनमा स्वयम्भू वृत्तबाट पेस्तोल लुट्नेमा धादिङ धुनीबेँसी घर भएका २१ वर्षीय कृष्ण गुरुङ र काठमाडौं– १५ का राजन देउला छन्। 

उनीहरूले  ६०  हजारमा सो पेस्तोल भगवानपाउ बस्ने  सुमन शाक्यलाई बिक्री गरेका थिए।  शाक्यले पनि प्रभात मल्ललाई बिक्री गरेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। भारतीय नागरिक अकबर खानको सहयोगमा सो पेस्तोल शाक्यले र बानेश्वरका प्रभात मल्ललाई बिक्री गरेका थिए । मल्लको साथबाट पेस्तोल बरामद भएको हो । १५ वटा गोलीसहितको पेस्तोल बरामद भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए।  ‘पेस्तोल विभिन्न तहमा बिक्री भएको देखिन्छ,’ एसपी भट्टराईले भने, ‘अनुसन्धान भइरहेको छ।’ 

सुझावित समाचार