वीरगन्जमा जेन-जीको युवा कमिटी गठन, मुराद आलम ठकुराई संयोजक

शुक्रबार, १५ कार्तिक, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनमा सहादत भएका स्वर्गीय असाहब आलमका भाइ मुराद आलमको संयोजकत्वमा वीरगन्ज युवा कमिटी गठन भएको छ । बिहीबार वीरगन्जका युवाहरूको भेलाले आलमको संयोजकत्वमा १०१ सदस्यीय जेन–जी वीरगन्ज युवा कमिटी गठन गरेको हो ।

युवाहरूको भेलाले गठन गरेको समितिको उपसंयोजकमा जेन–जी आन्दोलनमा घाइते भएका रेयाजुल हक रहेका छन् । यस्तै, सदस्यहरूमा सागर यादव, ज्ञानेन्द्र महतो, चन्दन महतो, वासिम शेख, नीरज जोशी, अनिश पटेल, समीर अन्सारीलगायत  छन् ।

समितिको सल्लाहकार समितिमा महादेवप्रसाद कुर्मी, सञ्जय श्रेष्ठ, राहुल रौनियार तथा समन्वयकर्तामा सुधीर पटेल, वीरेन्द्र काण्ठ, रन्दीप श्रीवास्तव, जयशंकर यादव, अमन आलम छन् ।

See More On

सुझावित समाचार