बलम्बु प्रभाग र थानकोट पोस्माट तोडफोड र आगजनी गर्ने पक्राउ

बिहिबार, १४ कार्तिक, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनका क्रममा प्रहरी प्रभाग बलम्बुमा आगजनी तथा तोडफोड गर्ने युवक पक्राउ परेका छन्। चन्द्रागिरी नगरपालिका- ८, मातातीर्थ घर भएका ३७ वर्षीय कुमार तामाङलाई प्रहरी प्रभाग बलम्बुले पक्राउ गरेको हो। 

उनले प्रहरी कार्यालयमा तोडफोड गरी प्रहरीको गाडी निकालेर आगजनी गरेका थिए। फोटो तथा भिडियाको आधारमा पहिचान गरी उनलाई बिहीबार मातातीर्थबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ। 

त्यस्तै, थानकोट पोस्टमा आगजनी गर्ने चन्द्रागिरि ६ का प्रताप तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ। 

 प्रहरी प्रभाग काँडाघारीमा आगजनीमा संलग्न दोलखाका रञ्जित धामी र ओखलढुंगाका विश्वास तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ। 

सुझावित समाचार