शिवम् सिमेन्टकोे नो कम्प्रोमाइज चौथो भिडियो सार्वजनिक

बिहिबार, १४ कार्तिक, २०८२
डिजिटल संस्करण

शिवम् सिमेन्टले ब्रान्ड क्याम्पेन क्वालिटीको मामलामा नो कम्प्रोमाइजअन्तर्गतको चौथोे भिडियो सार्वजनिक गरेको छ, जहाँ डाक्टर जसले आफ्नो पारिवारिक भ्रमणमा निस्कनै लाग्दा आकस्मिक आएको बिरामीलाई अपरेसन गरी आफ्नो जिम्मेवारीलाई पूरा गरेको देखाउँदै जिम्मेवारीको मामलामा नो कम्प्रोमाइज भन्ने सन्देश देखाइएको छ ।

शिवम् सिमेन्टको यो अभियान केवल विज्ञापन मात्र नभएर समाजप्रतिको उत्तरदायित्व र जनचेतना अभिवृद्धिमा केन्द्रित रहेको कम्पनीले जनाएको छ । शिवम् सिमेन्टले स्थापनाकालदेखि नै ओपिसी सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ ।

कम्पनीले सधैँ गुणस्तर, भरोसा र दीर्घकालीन सम्बन्धमा विश्वास गर्दै आफ्नो नो कम्प्रोमाइजको वाचा पूरा गर्दै निरन्तर गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको जनाएको छ । 

सुझावित समाचार