हिमपातपछि मुस्ताङ र म्याग्दीको सीमा क्षेत्रमा १५ पर्यटक फसे, उद्धारका लागि सुरक्षाकर्मी परिचालन

बुधबार, १३ कार्तिक, २०८२
डिजिटल संस्करण

हिमपातको कारण मुस्ताङ र म्याग्दीको सीमा क्षेत्रमा १५ पर्यटक फसेका छन्। उनीहरूको उद्धारका लागि सुरक्षाकर्मीको टोली खटिएको छ । 

म्याग्दीको धौलागिरि सर्किट हुँदै मुस्ताङ आउँदै गरेका तीन नेपाली र १२ विदेशी पर्यटक फसेका हुन्। उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ ।  ट्राभल्स एजेन्सीद्वारा सुरक्षा निकायलाई जानकारी गराएपश्चात् उनीहरूको उद्धारका लागि टोली खटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए । 

उनीहरूको उद्धारका लागि त्यस ठाउँमा पुग्न सुरक्षा टोली मुस्ताङको सदरमुकामदेखि झन्डै एक दिन पैदल हिँड्नुपर्ने  अवस्था छ । उनीहरूको अवस्था भने सामान्य रहेको सूचना सुरक्षाकर्मीले पाएका छन् । 
 

सुझावित समाचार