गृहमन्त्रीसँग अमेरिकी राजदूतको भेट, एमसिसीदेखि शरणार्थीका विषयसम्म छलफल

बुधबार, १३ कार्तिक, २०८२
डिजिटल संस्करण

नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्सनले गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेट गरेका छन्। बुधबार गृह मन्त्रालयमा भएको भेटमा शान्तिसुरक्षा, एमसिसीको कार्यान्वायनदेखि शरणार्थीको विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। 

भेटमा राजदूत थम्सनले एमसिसी परियोजना कार्यालयका लागि कतिपय स्थान जग्गा अधिग्रहणका लागि समस्या भइसकेको समस्या सुनाएका थिए। जवाफमा मन्त्री अर्यालले यससम्बन्धी समस्या तत्कालै समाधानका लागि आफूले पहल गर्ने आश्वासन दिएका छन्। 

भेटमा गृहमन्त्रीले देशको शान्तिसुरक्षाको अवस्था दिनप्रतिदिन सुध्रँदै गएको बताए। सुरक्षा निकाय र आमनागरिकबिचको विश्वासले शान्तिसुरक्षाको अवस्था सामान्य हुँदै गएको उनको भनाइ थियो। सुरक्षाको अवस्थामा छिट्टै सुधार्न सफल भएकोमा अमेरिकी राजदूतले गृह मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको प्रशंसा गरेका छन्। 

भेटमा राजदूत थम्सनले नेपालमा रहेका विदेशी शरणार्थीको विषयमा चासो राखेको र मन्त्री अर्यालले शरणार्थीको मानव अधिकारको विषयलाई नेपालले सम्मान गर्ने बताएका छन्। 

सुझावित समाचार