कुमारी बैंकद्वारा ‘कुमारी’ तृष्णा शाक्यलाई छात्रवृत्ति रकम हस्तान्तरण

बुधबार, १२ कार्तिक, २०८२
डिजिटल संस्करण

कुमारी बैंक लिमिटेडले विगतका वर्षहरूमा संकलन गर्दै आएको शैक्षिक छात्रवृत्ति रकम जीवित देवी कुमारी तृष्णा शाक्य (निवर्तमान)लाई एक औपचारिक समारोहबिच हस्तान्तरण गरेको छ ।

बैंकले प्रत्येक वर्ष वसन्तपुरकी जीवित देवी कुमारीको शैक्षिक प्रयोजनका लागि उनको कार्यकाल सुरु भएको वर्षदेखि हरेक वर्ष रु. एक लाखको दरले छात्रवृत्तिस्वरूप एक कोष खडा गरी सो रकम जम्मा गराउँदै आएको छ । यस छात्रवृत्तिको उद्देश्य कुमारीको कार्यकाल समाप्तिपश्चात् उनको आगामी शैक्षिक यात्रामा सहयोग पुर्याउनु हो ।

सोही परम्परालाई निरन्तरता दिँदै बैंकले सो कोषमा जम्मा भएको कुल रकम  रु. सात लाख ३८ हजार ८११  छात्रवृत्तिस्वरूप निवर्तमान कुमारीलाई हस्तान्तरण गरेको छ । विगत २४ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखारहित बैंकिङ इकाइहरू तथा ३१७ एटिएम काउन्टरमार्फत शिक्षा, स्वास्थ्य, उद्यमशीलता र वातावरण संरक्षणजस्ता क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ । बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ ।

सुझावित समाचार