रुपन्देहीमा इभी गाडी दुर्घटना हुँदा तीनजनाको मृत्यु

बुधबार, १३ कार्तिक, २०८२
डिजिटल संस्करण

रुपन्देहीको कञ्चन गाउँपालिका– ५, फायरलाइनमा यात्रुवाहक इभी गाडी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दीपेश बस्यालका अनुसार दुर्घटनामा चारजना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा सातजना यात्रुमध्ये ६ जना गम्भीर भाइते भई उपचारका लागि अस्पताल लगिएकोमा तीनजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चन गाउँपालिका– ५ का ४३ वर्षीय जितेन्द्र थापा, ४२ वर्षीय खेम विक र सैनामैना– ८, बाँसगढीका ४५ वर्षीय खुमबहादुर आचार्य रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको कपिलवस्तुको पिपरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएकाहरूलाई थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार बागमती प्रदेश ०१००६ ख ७७८२ नम्बरको इभी गाडी  राति करिब साढे १० बजे सडककिनारमा रहेको बाँसको झ्याङमा ठोक्किन जाँदा अचानक अनियन्त्रित भई  करिब तीन मिटर तल खसेको थियो।

सुझावित समाचार