संसद् पुनर्स्थापनाभन्दा तोकिएको समयमै निर्वाचन आवश्यक : कांग्रेस नेता थानी

मंगलबार, १२ कार्तिक, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता हृदयराम थानीले तोकिएको समयमा नै निर्वाचन हुनुपर्ने बताएका छन्। सुर्खेतमा मंगलबार अनौपचारिक रूपमा कुरा गर्दै देशमा विशेष परिस्थिति भएका कारणले तोकिएको समय २१ फागुनमै निर्वाचन हुनुपर्ने प्रस्ट पारे।

संसद् पुनर्स्थापनाभन्दा तोकिएको समयमा नै निर्वाचन भए देशले निकास पाउने उनको भनाइ छ। ‘तोकिएको समयमा नै निर्वाचन हुनुपर्छ,’ उनले भने, ‘त्यसपछि मात्र देशले निकास पाउँछ।’

जेन-जी आन्दोलनअगाडि नै आफूले तत्कालीन सरकारका गृहमन्त्री र प्रधानमन्त्रीलाई देशमा सुशासन कायम गर्न सुझाव दिए पनि त्यसलाई सरकारले बेवास्ता गरेको थानीले बताए। ‘मैले देशको परिस्थिति ठिक छैन, यसले असर गर्छ भनेर संसद्लगायतका ठाउँमा भनेको थिएँ,’ उनले भने, ‘तर, त्यो सुझाव ग्रहण नगर्दा देशमा जेन-जी आन्दोलन भयो।’

अहिले विशेष परिस्थितिमा संसद् विघटन भएकाले पुनर्स्थापनाको पक्षमा आफू नरहेको उनले प्रस्ट पारे। ‘अहिले पार्टीले जितोस्, हारोस् त्यो सवाल होइन। देश र जनताले जित्नका लागि भए पनि तोकिएको समयमा निर्वाचन हुनुपर्छ,’ उनले भने।

सुझावित समाचार