सिन्धुलीको सुनकोशी गाउँपालिका– ६, चैनपुरमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
विराटनगरबाट काठमाडौं जाँदै गरेको बा.७च ७५५४ नम्बरको कार अनियन्त्रित भई बिपी राजमार्गस्थित सडकबाट करिब ५० मिटर तल खसेको हो ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार दुर्घटनामा मोरङको विराटनगर उपमहानगरपालिका– १७ का ६५ वर्षीय ओमबहादुर अर्जेलको मृत्यु भएको छ । उनकी श्रीमती ४९ वर्षीया सुनिता अर्जेल र ३१ वर्षीय छोरा निशान्त अर्जेल घाइते भएका छन् । सुनिताको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते दुवै जनाको धुलिखेल अस्पताल, काभ्रेपलाञ्चोकमा उपचार भइरहेको छ।