गौशाला वृत्त र ग्लोबल कलेजमा आगजनी र लुटपाटमा संलग्न पक्राउ

मंगलबार, १२ कार्तिक, २०८२
डिजिटल संस्करण

प्रहरी वृत्त गौशाला र ग्लोबल कलेजमा लुटपाट र आगजनीमा संलग्न एक युवक पक्राउ परेका छन् । कञ्चनपुरको बेलौरी घर भई टोखा बस्ने २७ वर्षीय भुवन शाहीलाई प्रहरी वृत्त बानेश्वरले सोमबार पक्राउ गरेको हो। 

उनले गत २४ भदौको आन्दोलनमा प्रहरी वृत्त गौशाला र ग्लोबल कलेजमा लुटपाट गरेको खुलेको छ । उनको साथबाट लुटपाटका सामान पनि प्रहरीले बरामद गरेको छ । मोटरसाइकलसहित राइट कन्ट्रोल गियर, ग्लोबल कलेजबाट लुटेको ट्रफी, म्यामेरालगायत सामान बरामद भएको छ। 

शाही ०७४ सालमा नेपाली सेनामा प्रवेश गरेकोमा नक्कली सवारीचालक अनुमतिपत्र पेस गरेको कारण एक वर्षपछि बर्खास्त भएका व्यक्ति भएकोसमेत अनुसन्धानमा खुलेको छ । 
 

सुझावित समाचार