आन्दोलनको क्रममा प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी जवान उत्तम थापाको हत्यामा संलग्न दुईजना पक्राउ परेका छन् । सिन्धुलीको गोलञ्जोर गाउँपालिका– १ घर भई हाल काठमाडौं सुकेधारा बसने २२ वर्षीय अलिष श्रेष्ठलाई पक्राउ गरिएको हो । उनी प्रहरी जवानको हत्या तथा वृत्तमा आगजनीमा संलग्न थिए।
त्यस्तै, जवान थापाकै हत्यामा संलग्न रसुवाको उत्तरगया गाउँपालिका घर भएका २७ वर्षीय सौरभ तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ । सिसिक्यामेराको फुटेका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जवान थापाको हत्यामा संलग्न ६ जना यसअघि नै पक्राउ परिसकेका छन्।