सुनको मूल्य तोलामा दुई हजार घट्यो

सोमबार, ११ कार्तिक, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा दुई हजार रुपैयाँले घटेर दुई लाख ३९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार सुनको मूल्य दुई लाख ४१ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी ३५ रुपैयाँले घटेर तोलाको दुई हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी तीन हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।  

सुझावित समाचार