जगदम्बा मोटर्सअन्तर्गतको इलेक्ट्रिक सवारीसाधन ब्रान्ड प्रोटोन इमासले आइतबार धनगढीको बोराडाँडीमा सोरुमको उद्घाटन गरेको छ । सो अवसरमा ब्रान्डले तीनवटा प्रोटोन इमास–७ सवारीसाधन हस्तान्तरणसमेत गरेको छ ।
यसले सुदूरपश्चिम क्षेत्रमा बढ्दो ग्राहक विश्वास र उत्साह प्रदर्शित गरेको कम्पनीले जनाएको छ । सोरुममा अत्याधुनिक थ्रिएस सुविधा केन्द्रले सेल्स, सर्भिस र स्पेयर पार्टस्का सम्पूर्ण सेवा एकै छानामुनि उपलब्ध गराएको छ ।