नेपाल प्रहरीका ५ एसएसपीको डिआइजीमा बढुवा सिफारिस भएको छ। आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले सिफारिस गरेको हो।
समितिले एसएसपी भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्लेको बढुवा सिफारिस गरेको हो।
सबैभन्दा सिनियर शारदाप्रसाद चौधरी छुटेका छन्। ११२ को टोलीमा पहिलो नम्बरमा रहेका विश्व अधिकारी पनि बढुवामा अटाएनन्। उनी २३ गतेको आन्दोलनमा काठमाडौंका एसएसपी थिए।
